भारतमा एक दिनमा थपिए एक हजारभन्दा बढी कोरोना संक्रमित, ४० जनाको मृत्यु

भारतमा एक दिनमा थपिए एक हजारभन्दा बढी कोरोना संक्रमित, ४० जनाको मृत्यु

भातरमा पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालले शनिबार सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा एक हजार ३५ संक्रमित थपिएर संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधिमा ४० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका उपसचिव लभ अग्रवालका अनुसार कुल मृत्यु हुनेको संख्या २३९ पुगेको छ । 

नका अनुसार ६४२ कोरोना संक्रमितलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । पछिल्लो २४ घण्टामा भारतमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च वृद्धि भएको हो । शुक्रबार भारतमा ८९६ कोरोना संक्रमित थपिएका थिए ।  

भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको छ । जुन अप्रिल १४ मा सकिने छ । भारतका ओडिसा र पञ्‍जाबमा भने अप्रिल ३० सम्मका लागि लकडाउन बढाइएको छ । 

विश्वभर कोरोनाबाट एक लाखभन्दा बढी मृत्यु भएको छ भने करिब १७ लाख मानिसहरु संक्रमित भएका छन् ।