धान झार्ने क्रममा मेसिनमा परेर एक महिलाको मृत्यु

धान झार्ने क्रममा मेसिनमा परेर  एक महिलाको मृत्यु

कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६, लालपुरमा धान थ्रेसिङ गर्दै गर्दा चिप्लिएर मेसिनमा छिरेपछि एक महिलाको बुधवार मृत्यु भएको छ ।

स्थानीय खेउटे कामीको धान थ्रेसिङ गर्न घरमै पुगेको थ्रेसर मेसिनमा धानका बाला हाल्दै गर्दा उहाँकी ५५ वर्षीया पत्नी चम्पा कामीको थ्रेसर मसिनले काटिएर बुधबार दिउँसो ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

से १ त ५९८३ नम्बरको ट्याक्टरमा जोडिएङ्को थ्रेसर (धान झार्ने मेसिन) मा परेपछि उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।