भारतमा थप दुई साता लकडाउन बढाउने तयारी

भारतमा थप दुई साता लकडाउन बढाउने तयारी

भारतमा थप दुई साता लकडाउन बढाउने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरेका थिए । जुन १४ अप्रिलमा अन्त्य हुँदैछ र त्यसपछि थप दुई साता लकडाउने बढाउने विषयमा छलफल भइरहेको बताइएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँग गरेको भिडियो कन्फरेन्समार्फत दुई साता लकडाउन बढाउने विषयमा छलफल भएको हो । प्रधानमन्त्री मोदीले १४ अप्रिलपछि भारतमा लकडाउन बढाउने विषयमा मुख्यमन्त्रीहरुको राय लिनका लागि भिडियो कन्फरेन्स गरेका थिए ।

मुख्यमन्त्रीले कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि भइरहेको भन्दै थप दुई साता लकडाउन बढाउन आग्रह गरेका थिए ।  

भारतको प्रेस इन्फरमेसन ब्युरोका महानिर्देशक केएस डाटवालियाले भिडियो कन्फरेन्सका क्रममा मुख्यमन्त्रीहरुले दुई साता लकडाउन बढाउन गरेको आग्रहप्रति केन्द्र सरकार सकारात्मक भएको बताइएको छ । 

पञ्‍जाब र ओडिशा र महाराष्ट्रले भने ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरिबन्द केजरिवालले प्रधानमन्त्री मोदीले ३० अप्रिलसम्म देशभर लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री मोदीले जीवन भयो भने संसार देख्‍न सकिने भएकोले मुख्यमन्त्रीको सुझावप्रति सकारात्मक भएको बताएका थिए । भारतमा आज एकै दिनमा एक हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् भने ४० जनाको मृत्यु भएको छ । भारतमा हाल कुल कोरोना संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ भने २३९ जनाको मृत्यु भएको छ ।