शनिबार मात्रै लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई कारबाही

शनिबार मात्रै लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई कारबाही

काठमाडौं । उपत्यकामा लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले शनिबार ५ सय ४१ महिला सहित १९ सय ६० जनालाई नियन्त्रणमा लिएको हो।

शनिबार विहान ६ बजे देखि बेलुका ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ भने ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको प्रहरीले जनाएको छ ।