कोरोना भाइरसले अमेरिकामा मात्र २० हजार वढीको मृत्यु

कोरोना भाइरसले अमेरिकामा मात्र २० हजार वढीको मृत्यु

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । ५ लाख ३० हजारभन्दा धेरैमा सङ्क्रमणको पुष्टि भएको छ ।

गएको २४ घण्टामा १८ सय भन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेको हो । अमेरिकापछि इटलीमा १९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ७५ हजार भन्दा धेरै मानिसमा कोरोनासङ्क्रमण भएको वल्डओमिटरले जनाएको छ ।