कोरोना भाइरस : स्पेनमा एकैदिन ५२५ जनाको मृत्य

कोरोना भाइरस : स्पेनमा एकैदिन ५२५ जनाको मृत्य

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ ।

स्पेनमा एकैदिन ४ हजार ७५० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ५९ हजार १०९ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ३१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७४२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७७ हजार ९ सय भन्दा बढी रहेको छ ।