नेकपा सुदूरपश्चिमका सांसदद्वारा कोरोना रोकथाम कोषमा सहयोग

नेकपा सुदूरपश्चिमका सांसदद्वारा कोरोना रोकथाम कोषमा सहयोग

धनगढी : नेकपा सुदूरपश्चिमका ३० जना सांसदले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि साढे ८ लाख सहयोग गरेका छन्।

नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ सहितका ३० जना सांसदले १५ दिनको पारिश्रमीक बराबर हुन आउने आठ लाख ४९ हजार ७ सय ५० रुपैँया प्रदेशको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेका हुन्।

प्रदेशसभा सचिवालयको पत्रनुसार कोषमा रकम जम्मा भएको जानकारी सहितको पत्र प्रमुख सचेतक तामाङले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका छन्।