गृहजिल्ला कंचनपुरमा पत्रकार खड्काले गरे स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गृहजिल्ला कंचनपुरमा पत्रकार खड्काले  गरे स्वास्थ्य सुरक्षा सामग्री सहयोग

कंचनपुर : कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको महामारी फैलिएका बेला कोरोना  रोकथाम तथा उपचारका लागि पत्रकार रोशन खड्काले स्वास्थ्यकर्मीलाइ आवश्यक पर्ने महत्त्वपूर्ण सामग्रीहरु  गृहजिल्ला कञ्चनपुरमा सहयोग गरेका छन ।कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भई हाल काठमाडौं कार्यक्षेत्र भएका पत्रकार खड्काले बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन ।

पत्रकार खड्काले ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ८०० थान सर्जिकल मास्क, २३ थान हेन्डवास र २० थान एन९५ मास्क स्थानीय तहलाई पठाएका छ्न ।
काठमाडौंपाटी डटकमका सम्पादक  पत्रकार खड्काले पठाएका सामग्रीहरु  आइतवार नेताद्वय पल्लभराज भट्टमार्फत बेलौरी नगरपालिकालाई  र अक्कलबहादुर विष्टमार्फत बेलडाँडी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरिएको हो।

 बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापालाई उक्त स्वास्थ्य सामग्रीहरु  हस्तान्तरण गरिएको छ। ।  स्वास्थ्यकर्मीलाई  कोरोनाका शंकास्पद बिरामीको उपचार गर्दा अत्यावश्यक मानिने पीपीईको जताततै अभाव रहेको बेला पत्रकार खड्काबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरु बाट धेरै ठुलो  राहत पुगेको बेलडाडी  गाउँपालिकाका अध्यक्ष थापाले बताएका छ्न ।