कोरोना भाइरसले पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० जना संक्रमित

कोरोना भाइरसले पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० जना संक्रमित

पाकिस्तानमा कोरोना भाइरसको संक्रमबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसंगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ। अरु २१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार २३० पुगेको छ ।

पाकिस्तानमा हालसम्म ५७ हजार ८ सय ३६ जना मानिसको कोरोना टेस्ट गर्दा ५ हजार २३० जना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्ये १ हजार २८ जना मानिस उपचारपछि घर फर्किएका छन् । उपचारारत ४ हजार १११ जनामध्ये ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।