इलाटीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु

इलाटीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।सोमबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८९९ पुगेको छ । इटालीमा एकैदिन ४३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार ८९९ पुगेको हो ।

इटालीमा एकैदिन ४ हजार ९२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ३६३ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३४ हजार २११ जना उपचारपछि निको भएका छन् ।

३ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २ हजार २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १९४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५२ हजार ३५६ भन्दा बढी रहेको छ ।