विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण

विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण

कोरोना भमइरस महामारीको रुपमा विश्वभर फैलिएको छ । भाइरसको संक्रमणबाट विश्वभर १८ लाख मानिस संक्रमित भएका छन् भने १ लाख १४ हजारले ज्यान गुमाइसकेका छन् ।

विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ भने कयौले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ ।