अमेरिकामा कोरोनाभाइरसले एकै दिन १५ सय बढीको मृत्यु

अमेरिकामा कोरोनाभाइरसले एकै दिन १५ सय बढीको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सया नाघेको छ ।

अमेरिकामा एकैदिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६० हजार २ सय बढी पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३२ हजार २३७ जना उपचारपछि निको भएका छन् । ११ हजार ७६६ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ५ हजार ९०८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १७१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५१ हजार ४८७ रहेको छ ।