कोरोना संक्रमणबाट एकैदिन विश्वभर ४ हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमणबाट एकैदिन विश्वभर ४ हजारभन्दा बढीको मृत्यु

आइतबार एकैदिन विश्वभर कोरोना संक्रमणबाट ४ हजारभन्दा बढी मानिसको ज्यान गएको छ । तथ्याङ्क संकलक साइट वल्ड्रो मिटरका अनुसार आइतबारको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर ४ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै एकैदिन ५५ हजार ६ सय ६२ जना नयाँ संक्रमितहरु पुष्टि भएका छन् । उल्लेखित तथ्याङ्कसहित विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या १ लाख १३ हजार १ सय ९० पुगेको छ भने संक्रमितहरुको कूल संख्या १८ लाख ३५ हजार ४ सय ५ पुगेको छ ।

आइतबार सबैभन्दा बढी अमेरिकामा १ हजार ७१ जनाको ज्यान गएको छ भने १७ हजार १ सय ९७ जना नयाँ संक्रमितहरु थपिएका छन् । योसहित अमेरिकामा मृत्यु हुनेहरुको संख्या २१ हजार ६ सय ४८ पुगेको छ भने संक्रमितहरुको कूल संख्या ५ लाख ५० हजार ७६ पुगेको छ ।

त्यस्तै आइतबार इटालीमा ४ सय ३१ ज्नाको मृत्यु भएको छ भने ४ हजार ९२ जना नयाँ संक्रमित थपिएका छन् । योसहित त्यहाँ मृत्यु हुनेको संख्या १९ हजार ८ सय ९९ पुगेको छ । त्यहाँ संक्रमितहरुको कूल संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ ।

त्यस्तै फ्रान्समा एकैदिन ५ सय ६१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ९ सय ३७ जना नयाँ संक्रमित देखिएका छन् । योसहित फ्रान्समा मृत्यु हुनेको कूल संख्या १४ हजार ३ सय ९३ पुगेको छ, संक्रमितहरुको संख्या १ लाखा ३२ हजार ५ सय ९१ पुगेको छ ।

स्पेनमा एकैदिन ३६६ जनाको मृत्यु भएको छ भने २९ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । योसहित त्यहाँ मर्नेको संख्या १६ हजार ९ सय ७२ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ६६ हजार १९ पुगेको छ । यता, बेलायतमा एकैदिन ७ सय ३७ जनाको मृत्यु भएको छ ।

त्यहाँ अहिलेसम्म १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ भने ८४ हजार २ सय ७९ संक्रमित भएका छन् । त्यस्तै बेल्जियम, इरान, जर्मनी, टर्की, स्वीटजरल्यान्ड लगायतका मुलुकहरुमा पनि मृत्युदर र संक्रमित दर उच्च नै देखिन्छ ।