भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७ (अपडेट)

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७ (अपडेट)

भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ पुगेको छ ।

आइतबार मात्र भारतमा ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने तीमध्ये ३४ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ९ बजेसम्म भारतमा १ लाख ८१ हजार २८ जनामा कोरोना परीक्षण गरिएको जनाइएको छ ।