प्रथम बेलौरी महोत्सव अाज बाट सुरू

प्रथम बेलौरी महोत्सव अाज बाट सुरू

पुनर्वास : कृषि, पर्यटन, उद्योग र व्यापार समबृद्ध बेलौरीको मूल आधार भन्ने मूल नाराका साथ कञ्चनपुरको बेलौरीमा सञ्चालन हुन गईरहेको बेलौरी महोत्सवको अाज बाट सञ्चालन हुने भएकाे छ ।

बेलौरी उद्योग बाणिज्य सँघको आयोजनामा सुरू हुन गईरहेको महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, व्यापार प्रबर्द्धन,मत्स्य विकास, धार्मिक एवम प्राकृतीक सम्पदाको प्रचार प्रसार तथा प्रबर्द्धन मुख्य आकर्षणको रूपमा रहेको बेलौरी उद्योग बाणिज्य सँघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिनु भयो।

महोत्सवमा एक सय पचास स्टल राखिएका छन। महोत्सव अवधि भर कैलाली कञ्चनपुर तथा सिमावर्ती भारतीय गाउँबाट समेतका गरी करिब एक  लाख जनाले अवलोकनाका लागि आउने प्रचार प्रसार समितिका सँयोजक यज्ञ कँडेलले जानकारी दिनुभयाे ।  

कार्त्तिक ८ गते देखि १८ गते सम्म १० दिन सञ्चालन हुने महोत्सवको उदघाटन खाने पानी तथा सरसफाई मन्त्री बीना मगरले गर्ने आयोजकले जनाएको छ।

महोत्सव कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरूको सहभागीता रहने बताईएको छ। अाज हुने उदघाटनका दिन विभिन्न जातजातीका नाच तथा झाँकी समेत प्रदर्शन हुने छ।

महोत्सव उदघाटनका दिन प्रवेश निशुल्क गरिएता पनि अन्य दिन प्रवेशका लागि शुल्क लाग्ने आयोजले जनाएको छ।