चर्चित फुटबलर नेयमारकी आमा छोरो भन्दा कम उमेरको केटासँग डेटिङमा

चर्चित फुटबलर नेयमारकी आमा छोरो भन्दा कम उमेरको केटासँग डेटिङमा

ब्राजिलका स्टार फुटबलर नेयमारले फुटबल नाम कमाइरहँदा उनकी आमा पनि यतिबेला उत्तिकै चर्चामा छिन् । तर उनी भने छोराका कारण भन्दा पनि छोरो भन्दा पनि कम उमेरको ठिटौलो केटासँगको प्रेमका कारण ।

नेयमारकी आमा ५२ बर्षीय नादिन गोन्कल्भेज अहिले नेमार भन्दा ६ बर्ष कान्छो मोडल टियागो रामोससँग डेटिङ गएको तस्वीरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् जहाँ दुई जनाले एक अर्कालाई अंकमाल गरेका छन् ।

२२ बर्षीय रामोस एक प्रोफेशनल गेमर हुन र उनी नेमार भन्दा ६ बर्ष कान्छा छन्। नादिनले इन्स्टाग्रामको क्याप्शनमा मायाको इमोजी राख्दै भनिन यसलाई बयान गर्न सकिदैन तपाई केवल अनुभव गर्नुहोस् ।