स्वादको चक्करमा स्वास्थ्य बर्बाद : जंक फूडले कसरी शरीरमा असर गर्छ ?

स्वादको चक्करमा स्वास्थ्य बर्बाद : जंक फूडले कसरी शरीरमा असर गर्छ ?

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् रु चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् ।

जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन् । पिज्जा खोज्छन् ।

यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न केही यस्ता खानेकुरा खाइरेका हुन्छन्, जसले जिब्रो लोभ्याउँछ । पेट भरिन्छ ।

तर, स्वास्थ्यलाई हानी गर्छ । बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ ।

त्यही तत्व हाम्रो पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ।

अक्सर के देखिन्छ भने, जुन चिज खानमा स्वादिष्ट हुन्छ, त्यो हाम्रो स्वास्थ्यका लागि उत्तिनै हानिकारक हुन्छ । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

हामी सबैजसो बेखबर छैनौ कि, जंकफूड स्वास्थ्यका लागि हानिकारक छ । तर, अहिलेको पुस्ताको दैनिकीमा जंक फूड अभिन्न रुपमा जोडिएको छ ।

जंक फूडको स्वाद नलिएसम्म उनीहरुको तलतल मेटिदैन । किनभने जंक फूड तुलनात्मक रुपमा स्वादिलो हुन्छ । यही स्वादको चक्करमा अहिले जंकफूड सेवन गर्नेहरु बढ्दो छन् ।

किन स्वादिलो हुन्छ ?

जंक फूड बनाउने क्रममा त्यस्ता केही चिज प्रयोग गरिन्छ, जो खानामा एकदम स्वादिलो हुन्छ । तर, हामीले यो भुल्न हुँदैन कि, जुन चिज स्वादिलो बनाउनका लागि प्रयोग गरिन्छ, त्यो स्वस्थ्यवर्द्धक हुँदैन । हाम्रो शरीरको लागि अत्यान्तै हानिकारक हुन्छ ।

जस्तो कि, डबल ह्यामबर्गर खानमा सबैलाई स्वादिलो लाग्छ । तर, जब यसको सेवन गरिन्छ, साथसाथै ९४२ क्यालोरी पनि शरीरमा पुग्छ । अर्थात बर्गर खानमा त स्वादिलो होला, तर त्यसमा रहेको हानिकारक फ्याटले शरीरलाई उत्तिकै दुषित बनाइदिन्छ ।

कुनलाई भनिन्छ जंक फूड ?

जंक फूड त्यसलाई भनिन्छ, जसमा अत्याधिक मात्रामा खराब पोषणयुक्त चिज, ट्रान्स फ्याट, चिनी, सोडियम र अनेक किसिमको रसायन हुन्छ । खासगरी जंक फूडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिन्छ ।

जंक फूडको जानकारी

चाउचाउ, कुरकुरे, आलु चिप्स, विस्कुट, लेज, कोल्ड ड्रिंक, पिज्जा, बर्गर, मम, चाउमिन, डोनट, पपकर्न, प्रmेन्च प्रmाइज सबै जंक फूड हुन् । बजारमा पाइने तयारी अधिकांश खाद्य पदार्थ जंक फूड हो ।

जंक फूडले के असर गर्छ ?

१- जब हामी जंक फूड सेवन गर्न थाल्छौं, हामीलाई अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौं । यसबाट के हुन्छ भने, शरीरमा पोषणको अभाव । किनभने जंकफूडमा पोषक तत्व हुँदैन । त्यही जंक फूडले पेटमा कब्जा जमाएपछि पोषणयुक्त खानेकुरा कहाँ अटाउने रु

२- जंक फूडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ । यदि हामीले प्रत्येक दिन पाँच सय क्यालोरी ग्रहण गर्‍यौं भने एक हप्तामै तौल बढ्छ । तपाईंरहामीलाई थाहै छ, तौल बढ्नु भनेको मोटोघाटो हुनु होइन । बरु, शरीरमा बोसोको मात्रा बढ्नु हो । यो अवस्थामा शरीरका भित्री अंगहरुलाई आफ्नो काममा अवरोध हुन्छ । नतिजा, हाम्रो शरीर रोगहरुको घर बन्न पुग्छ ।

३- अहिले मधुमेहका रोगी बढ्दो छ । मधुमेह युवा, किशोरदेखि बालबालिकालाई समेत हुन थालेको छ । यसको मूख्य कारण हो, जंक फूड । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, जुन बच्चा अत्याधिक मात्रामा जंक फूड सेवन गर्छ, उनीहरु मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिदैन ।

४- जंक फूडमा सोडियमको मात्रा उच्च हुन्छ । चिकित्सकहरु भन्छन्, अधिक सोडियम मुटुको लागि घातक छ । त्यती मात्र होइन, आवश्यक्ताभन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ ।

एक विश्वविद्यालयका शोधकर्ताद्वारा गरिएको एक अध्ययनमा पाइएको थियो कि, हरेक पाँच सय मिलिग्राम सोडियम सोडियम सेवन गर्दा स्ट्रोकको खतरा १७ प्रतिशतले बढ्छ ।

जुस पनि हानिकारक ?

हामीलाई स्वस्थ्य रहनका लागि जुस सेवन गर्नुपर्छ भनिन्छ । फलफूलबाट बन्ने जुस स्वास्थ्यका लागि फाइदजनक पनि हुन्छ । तर, बजारमा पाइने जुसले फाइदा होइन, बेफाइदा गर्छ ।

प्याकेटमा उपलब्ध यी जुसमा विभिन्न फल र फ्लेवर पाइन्छ । तर, त्यो विशुद्ध वा प्राकृतिक फलको जुस होइन । त्यसमा केवल फ्लेवर र स्वाद मिश्रण गरिएको हो । यस्ता परिकारमा रंग र स्वादका लागि अखाद्य पदार्थ पनि मिश्रण गरिएको हुन्छ ।

हानिकारक पेस्ट्री

अधिकांश पेस्ट्री, कुकी र केक स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यसलाई तयार गर्नका लागि सामान्यत रिफाइन्ड चिनी, रिफाइन्ड गहुँको आटा र वोसो मिसाइएको हुन्छ । त्यसैले यस्ता खानेकुराको सेवनबाट बच्नुपर्छ ।

के बजारमा पाइने सबै कुरा अस्वस्थ्यकर हुन्छ ?

बजारमा पाइने सबै तयारी खानेकुरा जंकफूड हो रु होइन । बजारमा उपलब्ध खानेकुरामध्ये कतिपय स्वस्थ्यकर हुन्छ । जंक फूडमा जस्तो अखाद्य पदार्थ मिश्रण गरिएको हुँदैन । तर, त्यसको पहिचान भने गर्नुपर्छ । साभार : अनलाइन खबर