कञ्चनपुरमा क्वारेन्टाइनबाट आज बिहान भागेका दाजुभाइ प्रहरीको नियन्त्रणमा

कञ्चनपुरमा क्वारेन्टाइनबाट आज बिहान भागेका दाजुभाइ प्रहरीको नियन्त्रणमा

कञ्चनपुर : बेदकोट नगरपालिका-९ सुन्दरपुर तालिम केन्द्र क्वारेन्टाइनबाट आज बिहान भागेका दाजुभाइलाई प्रहरीले नियन्त्रणमा लिएर पुन: क्वारेन्टाइनमा राखेको छ। २० चैतमा कंचनपुरको दोधाराचाँदनी हुँदै लुकिछिपी नेपाल छिरेका उनीहरू क्वारेन्टाइनमा बस्दै आएका थिए।

तर, आज बिहान २ बजेतिर छतबाट हामफालेर भागेका उनीहरूलाई र वडा अध्यक्ष रामसिंह धामीले प्रहरीको सहयोगमा घर नजिकैको झाडिमा लुकेर बसेको अवस्थामा  फेला पारेका थिए।

वडा अध्यक्ष धामीले क्वारेन्टाइनबाट भागेको थाहा पाउने बित्तिकै खोजबिन झाडिमा लुकेको अवस्था फेलापारी बिहान पौने १० बजे क्वारेन्टाइनमा राखिएको बताएका छन्।

उनीहरू घर भने नआएको परिवारका सदस्यले बताएका छन्। ती दाजुभाइसहित १५ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर सुन्दरपुर क्वारेन्टाइनमा पुर्‍याएको थियो।