कंचनपुर कारागारमा रहेका कैदीबन्दीद्वारा विपन्न परिवारका लागि ८ क्वीन्टल चामल सहयोग

कंचनपुर कारागारमा रहेका कैदीबन्दीद्वारा विपन्न परिवारका लागि ८ क्वीन्टल चामल सहयोग

 कंचनपुर : कंचनपुर कारागारमा रहेका कैदीबन्दीहरुले विपन्न परिवारका लागि ८ क्वीन्टल चामल  सङ्गै ५० किलो नुन सहयोग गरेका छन।विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएको  लकडाउनपछि समस्यामा परेका परिवारका लागि कैदीबन्दीहरुले आफ्नो सिदा खर्च कटाएर खाद्यान्न सहयोग गरेका हुन । 
मङ्गलबार उनीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई खाद्यान्न हस्तान्तरण गरेका छ्न । कैदिबन्दिहरुले सहयोग गरेको उक्त खाद्यान्न सामग्री खाद्यान्नको अभाव भइ समस्यामा परेका  बिपन्न परिवारलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताएका छ्न ।