अछामका २ सय २६ जनाको रिपोर्ट नेगेटिभ

अछामका २ सय २६ जनाको रिपोर्ट नेगेटिभ

अछाम : अछाममा कोरोना भाइरस परीक्षणका लागि संकलन गरिएको २ सय २६ जनाकै रिर्पोट नेगेटिभ आएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएको सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपालिकाबाट १ सय ७ जना र कमल बजारबाट ६८ जनाको स्वाब संकलन गरिएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट २ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।