सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने

सेती प्रादेशिक अस्पतालले  बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने

धनगढी : सेती प्रादेशिक अस्पतालले भोलि बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत १५ गते सेती प्रादेशिक अस्पतालाई कोरोना भाईरस डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ ।

संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो ।

सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । 

विज्ञप्ति