आरडिटी परीक्षणमा काभ्रेमा दुई जनामा कोरोना पोजेटिभ

आरडिटी परीक्षणमा काभ्रेमा दुई जनामा कोरोना पोजेटिभ

काभ्रेमा गरिएको कोभिड-१९ को आरडिटी परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ। मंगलबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको धुलिखेल नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले बताए।

भारतबाट गत चैत ९ गते फर्किएमा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका २८ वर्षीय एक व्यक्ति र चैत ७ गते दुबईबाट फर्किएका मण्डन देउपुर नगरपालिकाकाका २३ वर्षीय अर्को एक व्यक्तिमा आरडिटी परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। २३ वर्षीय ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा २२ दिन बसेर आफ्नो घर फर्किएका थिए। मंगलबार गरिएको र्‍यापिड टेस्टमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो।

दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको प्रवक्ता राउतले बताए। उनले भने, ‘परिवारका अन्य सबै जनालाई क्वारेन्टाइनमा राखिएको छ।’ आरडिटीमा पोजेटिभ देखिएका दुवै जनाको धुलिखेल अस्पतालमा स्वाब संकलन गरी ल्याइएको र पिसिआर विधिबाट परीक्षण हुन बाँकी रहेकाे उनले बताए।