अनेरास्ववियु कैलालीद्धारा धनगढीमा बस्ने ३ सय १३ जना विद्यार्थीलाई खाद्यान्न सहयोग

अनेरास्ववियु कैलालीद्धारा धनगढीमा बस्ने ३ सय १३ जना विद्यार्थीलाई खाद्यान्न सहयोग

धनगढी : धनगढीमा डेरा गरी बसेका विद्यार्थीहरुलाई अनेरास्ववियु कैलालीले सहयोग गरेको छ । लक डाउनका कारण दैनिक छाक टार्न समस्या भएका विद्यार्थीहरुलाई डेरामा बस्ने घरमै गएर अनेरास्ववियूले खाद्यान्न सामग्री सहयोग गरेहो हो ।

बिभिन्न जिल्ला घर भई धनगढीमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई लक डाउनका कारण दैनिक छाक टार्न समस्या भएको जानकारी पाएपछि अनेरास्ववियु कैलालीले खाद्य सामग्री वितरण गरेको जनाएको छ । अनेरास्ववियुका कैलाली सहसंयोजक शमिर जोशीले आज सम्म तीन सय १३ जना विद्यार्थीलाई खाद्य सामग्री वितरण गरिएको जानकारी दिए ।

विद्यार्थीहरुको अवस्था हेरेर ५ किलो देखि १५ किलो सम्म चामल वितरण गरिएको उनले बताए । त्यसैगरी १ किलो दाल, १ पोका खानेतेल, १ किलो नुन र कोलगेट लगायतका सामाग्री वितरण गरिएको उनले बताए । उनले समस्यामा परेका अन्य विद्यार्थीहरुलाई समेत सहयोग गर्ने क्रम जारी राख्ने बताए ।

उनले समस्या परेका अन्य विद्यार्थीहरुलाई पनि आफ्नो मोबाईल नम्बर ९८४८४९५११४ मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । दैनिक छाकटार्न समस्या भएका विद्यार्थीको सुची स्थानीय प्रशासन र स्थानीय सरकार लाई उपलब्ध गराई सहयोग उपलब्ध गराउन अनुरोध गर्दा समेत सुनुवाइ नभएको अनेरास्ववियुका केन्द्रीय सदस्य चुडामणी भट्टले बताए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज राईले अन्य समस्यामा परेका विद्यार्थीहरुलाई पनि सम्पर्क गर्न आग्रह गर्नु भएको छ । स्थानीय सरकारले सहयोग नगरेपछि अनेरास्ववियू कैलालीले अन्य व्यक्तिहरुको सहयोग बाट सामाजिक दुरि कायम गर्दै समस्या भएका विद्यार्थीको कोठा-कोठामा नै खाद्यान्न पु¥याएको उनले जानकारी दिए ।

कोरोना भाईरसको रोकथामका लागि सरकारले लकडाउन गरेपछि डेरामा बस्ने विद्यार्थीहरु घर जान नपाएर बिचल्लीमा परेका छन् ।