हावाहुरीका कारण राष्ट्रिय प्रसारण प्रणालीमा समस्या आएपछि देशभर गयो विजुली

हावाहुरीका कारण  राष्ट्रिय  प्रसारण  प्रणालीमा समस्या आएपछि देशभर गयो विजुली

 देशका विभिन्न भागमा चलेको हावाहुरीका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८।४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए ।

उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए । न्यौपानेले समस्या भएका स्थानमा टोली पुगेर मर्मतको काम पनि भइरहेको जानकारी दिए ।
‘केही बेर केन्द्रीय प्रणाली नै प्रणाली गयो, समस्या भएका स्थानमा हाम्रो मर्मतको टोली परिचालित छ,’ उनले भने ,’भारप्रेषण केन्द्रले आवश्यक प्राविधिक काम गरिरहेको छ ।’