सेती नदीले बगाउँदा महिलाको ज्यान गयो

सेती नदीले बगाउँदा महिलाको ज्यान गयो

तनहुँ । शुक्लागण्डकी नगरपालिका स्थित सेती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । भिमाद नगरपालिका–५ ऋषिङपाटनकी ४४ वर्षीया पञ्चमाया गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मंगलबार घाँस काट्न जङ्गल जाने क्रममा सेती नदी तर्दा उहाँहरुलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँहरुलाई उद्धार गरी जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा पञ्चमायाको मृत्यु भएको चिकित्सकले मृत घोषणा गरेको डिएसपी लामिछानेले बताउनुभयो ।

घाइते हुनुभएका ५५ वर्षीय खड्कसिंह गुरुङको भने गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।