उद्योग वाणिज्य संघ कंचनपुरका अध्यक्ष मल्लले गरे विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

उद्योग वाणिज्य संघ कंचनपुरका  अध्यक्ष मल्लले गरे विद्यार्थीहरुलाई खाद्यान्न  सहयोग

कंचनपुर : विश्वभर  महामारीका रूपमा फैलिएको कोरोना भाइरस  (कोभिड–१९)   को रोकथाम तथा नियन्त्रणका लागि  नेपाल सरकारले लागू  गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरलाई   कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न ।  उनले पढाइको सिलसिलामा  काठमाडौंको किर्तिपुरमा  डेरा गरि बस्दै आएका सुदूरपश्चिमका ५० जना विद्यार्थीहरूलाई मङ्गलबार १० बोरा चामल, १ बोरा दाल, १ पेटी खाने तेल सहयोग गरेका छन । देशभर लागू भएको लकडाउनका कारण विद्यार्थीहरु खाद्यान्न अभावका कारण  समस्यामा रहेका थिए ।   खाद्यान्न अभावका कारण बिद्यार्थीहरु समस्यामा रहेको खबर थाहा पाएपछी अध्यक्ष मल्लले खाद्यान्न सामग्री सहयोग गरेका हुन ।  अध्यक्ष मल्लले  विश्वमा यस्तो कोरोना भाइरसको महामारी फैलिएको बेला आ-आफ्नो स्थानमा   धैर्य बसि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सघाउन समेत सम्पुर्णलाई आग्रह गरेका छ्न ।