चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

दार्चुला : बैशाख ३ गते दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलवार राती चट्याङ लागेर मृत्यु भएको हो ।

खातीको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार खातीको घरमा मंगलवार राती साढे ८ बजेतिर चट्याङ परेको हो ।

चट्याङ लागेर खातीकी श्रीमती सिता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको प्रहरी निरीक्षक जोशी बताए ।