कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्विमीका केही भूभाग पू्र्ण बदली भई थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षा भईरहेको छ र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।