डडेल्धुरामा असिना-पानीले बर्खे बाली नष्ट

डडेल्धुरामा असिना-पानीले बर्खे बाली नष्ट

डडेल्धुरा : डडेल्धुरा गन्यापधुरामा मंगलबार बेलुकी परेको असिना-पानीका कारण लाखौं मुल्य बराबरको तरकारीसहित गँहु बालीमा क्षती पुगेको छ । गन्यापधुरा गाउँपालिका १ को लेकाली क्षेत्रमा रहेका साहुखर्क, तिक्तर, डुङरखोली, हिट्पारी,हम्कडालगायतका आधा दर्जन गाउँमा परेको असिना पानीका कारण लाखौं मुल्य बराबरको तरकारी,फलफूलसहित गहुँवालीमा क्षति भएको छ ।

असिनाका कारण खेतबारीमा लगाएको आलुका साथै ,टमाटर, प्याज ,यसैगरी फलफूल र गहुँबालीमा क्षति भएको स्थानीय नरबहादुर देउवाले बताए । '१७ वर्ष यताकै सबैभन्दा बढी असिना पर्यो,जस्ले खेतबारीमा लगाएको बर्खे आलुका साथै फलफूल, पाक्न लागेकै गहुँ पूर्ण रुपमा क्षति भएको छ, देउवाले भने, 'अब के खाने भन्ने पीरले सताएको छ।'

असिनाले आलुमा सबैभन्दा बढी क्षति भएको छ । असिनाले हिउँ परेजस्तै खेतबारी सेताम्मे भए।। आलुका लागि पकेट क्षेत्रका रुपमा रहेको यी क्षेत्रमा परेको असिनाले आलु खेतिमा क्षति पुगेपछि बिउसम्म पनि नआउने भन्दै किसान चिन्तित बनेका छन् ।