डोटी कारागारका कैदीबन्दीद्धारा समस्यामा परेकाको लागि आर्थिक सहयोग

डोटी कारागारका कैदीबन्दीद्धारा समस्यामा परेकाको लागि आर्थिक सहयोग

डोटी : जिल्ला कारागार डोटीका कैदिबन्दीहरुले नेपालक सरकारकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार खातामा आर्थिक सहयोग गरेका छन ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि गरिएको लकडाउन अर्थात बन्दाबन्दीका कारण दैनिक ज्यालादारी गरी खाने वर्ग मारमा परेको भन्दै कारागारमा रहेका ४९ जना कैदीहरुले दैनिक रकम जम्मा गरी १० हजार ९५ रुपैया सहयोग गरेका हुन ।

बुधबार प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल मार्फत उनीहरुले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार खातामा जम्मा गरेका छन । कारागारमा रहेका ४९ जना कैदीहरुले दैनिक पाउने सुविधा ६० रुपैयाका दरले २ हजार ९ सय ४० रुपैया र अन्य कैदीबन्दीहरुले सहयोग गरेको ५ हजार ५ रुपैया गरी जम्मा १० हजार ९५ रुपैया सहयोग गरेका हुन् ।

कोरोना भाईरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दीले समस्यामा परेका परिवारका लागि सहयोग गरेको जिल्ला कारागारका प्रमुख चौकीदार दिपेन्द्र जेठाराले बताए ।

उनले कोरोना भाइरस महामारीबाट बच्न गरिएको लकडाउनले निम्न वर्गलाई एक छाक खान सहयोग होस भन्नका लागि कैदीहरुले सहयोग गरेको बताए । कैदीहरुले गरेको सहयोग रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सहयोगका लागि कैदीबन्दीहरुलाई धन्यवाद दिए ।