कोरोना भाइरस नियन्त्रणमा नयाँ आशा, चीनले बनायो भ्याक्सिन

कोरोना भाइरस नियन्त्रणमा नयाँ आशा, चीनले बनायो भ्याक्सिन

कोरोना भाइरसको संक्रमण विश्वभर तीव्ररुपमा फैलिइरहेको छ। हालसम्म संक्रमितको संख्या २० लाख पुगेको छ। सारा विश्व अहिले कोरोनाको भ्याक्सिन बनाउन केन्द्रीत भएको छ। जसका कारण कोरोना संक्रमण अन्त्य गर्न सकियोस्।

त्यसकै आशाको किरण चीनमा देखिएको छ। त्यो पनि एक मात्रै होइन, तीन। चीनले बनाएको भ्याक्सिन परीक्षणको चरणमा प्रवेश गरेको छ। यद्यपी चिनियाँ वैज्ञानिक र शोधकर्ता भ्याक्सिन बनाउन काममा दिनरात मेहनत गरिरहेका छन्।

चीनले विकास गरेका कोरोना भाइरसका दुई भ्याक्सिन क्लिनिक परीक्षणमा प्रवेश गर्ने चरणमा पुगेका छन्। यी दुई भ्याक्सिनले कोरोना भाइरसलाई निष्कृय बनाउने दाबी वैज्ञानिकहरुले गरेका छन्। जसम्ध्ये एक शीर्ष चिनियाँ सैन्य महामारी विशेषज्ञको नेतृत्वको अनुसन्धान टोलीले विकास गरेको हो, जुन गत हप्ता नै दोस्रो चरणको परीक्षणमा प्रवेश गरेको छ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका सामाजिक विकास डिपार्टमेन्टका महानिर्देशक युआन विनले मंगलबार पत्रकार सम्मेलनमा कोरोनाविरुद्धका भ्याक्सिन विकासमा भइरहेको प्रगतिका बारेमा जानकारी दिएको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। सैन्य संक्रामक रोग विशेषज्ञ चेन वीको नेतृत्वमा रहेको टोलीले विकसित गरेको एडेनोभाइरस भेक्टर भ्याक्सिन दोस्रो चरणको क्लिनिकल टेस्टमा प्रवेश गरिसकेको छ।

सोमबार साँझ ५ बजेसम्म वुहानका ८४ वर्षीय वृद्धसहित २७३ जनामा स्वयंसेवकहरुलाई यो खोप लगाइएको छ। कोरोनाविरुद्ध बनिरहेका विश्वभरका खोप मध्ये दोस्रो चरणको परीक्षणमा पुग्ने यो नै पहिलो खोप हो।

पहिलो चरणको परीक्षण भनेको खोपको सुरक्षा र खोपको मूल्यांकन गर्ने हो। जबकी दोस्रो चरणको परीक्षणले यसको प्रभावकारितको मूल्यांकन गर्दछ। अहिले विश्वभर करिब ७० खोप बनाउने काम काम भइरहेको ग्लोबल टाइम्सले जनाएको छ। १० भन्दा बढी देशमा ६० भन्दा बढी आरएन्ड डी अनुसन्धान टोलीहरु खोप बनाउन जुटेका छ।

कोरोनाको खोप बनाउने दौडमा  फ्रन्ट्रनर फार्मास्यूटिकल कम्पनीहरु, बायोटेक कम्पनी र सरकारी स्वामित्वका व्यवसायिक संस्था र विश्वविद्यालयहरु छन्। डब्ल्यू एचओका अनुसार अन्य दुई खोपसमेत दोस्रो चरणको क्लिनिकल परीक्षणको नजिक रहेका छन्।

जसलाई अमेरिकी औषधि निर्माता मोडर्न इन्क र इनोभियो फार्मास्ट्यूटिकल्स इन्कले विकशित गरेको हो। चीनको भ्याक्सिन अनुसन्धान र विकास क्षमता विश्वभरमा शीर्षस्थानमा रहेको समचारमा दाबी गरिएको छ।

वूले मंगलबार पत्रकार सम्मेलनमा भनेका छन् की चिनियाँ विशेषज्ञ भ्याक्सिन विकस गर्न पाँच अलग–अलग प्रविधिको प्रयोग गरेको छ। जसमा इन्एक्टिभेट र न्यूक्लिक एसिड भ्याक्सिन समावेश छ। यी खोप अप्रिलदेखि मेसम्ममा क्लिनिकल ट्रायलको परीक्षणमा पुग्ने आशा गरिएको छ।