कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा फेरी तीन जना पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा फेरी तीन जना पक्राउ

धनगढी : कैलालीमा फेरी १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । मंगलवार साँझ गोठाला गएका बेला जिल्लाको भजनी नगरपालिकाकी किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।

जोशीपुर गाउँपालिका वडा नम्वर ४ लालपुर बाणी बस्ने वर्ष २९ का रामकुमार चौधरी, वर्ष ३१ का सुरेश कुमार चौधरी, वर्ष २२ का मंगल चौधरीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

उनका अनुसार जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।