माछा मार्ने क्रममा सेती नदीमा पुरुष बेपत्ता

माछा मार्ने क्रममा सेती नदीमा पुरुष बेपत्ता

तनहुँ । माछा मार्ने क्रममा एक पुरुष सेती नदीमा बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ काफलस्वाराका ५९ वर्षीय रिम्के भुजेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

देवघाट गाउँपालिका–४ साराङघाट स्थित सेती नदीको किनारमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर नदीले बगाउँदा भुजेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

माछा मार्ने क्रममा ढुङ्गा चिप्लिएर नदीमा खस्दा भुजेल बेपत्ता हुनुभएको लामिछानेले बताउनुभयो । प्रहरी नायव निरीक्षक बुद्धि बहादुर तामाङको कमाण्डमा ५ जनाको टोली र स्थानीय प्रहरी सहित मिलेर भुजेलको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।