कोरोनाका गम्भीर बिरामीको उपचारका लागि सेती अस्पतालमा चारवटा भेन्टिलेटर जडान

कोरोनाका गम्भीर बिरामीको उपचारका लागि सेती अस्पतालमा चारवटा भेन्टिलेटर जडान

धनगढी : सेती प्रादेशिक अस्पतालमा चारवटा भेन्टिलेटर जडान भएका छन्। कोरोना भाइरसका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अस्पतालले खरिद गरेका दुई र निक साइमन इन्स्टिच्युटले अनुदानमा दिएको दुई गरी चारवटा भेन्टिलेटर जडान भएको हो।

सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले अब १० शय्याको आईसीयू पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। अस्पतालमा पाँच शय्याको मात्रै आईसीयू सञ्चालनमा छ। 

यसअघि अस्पतालमा एउटा मात्रै भेन्टिलेटर थियो। अब पाँच वटा भेन्टिलेटर हुने भएका छन ।