नारायणी नदीमा डुंगा पल्टिँदा १ बेपत्ता, ३ को उद्धार

नारायणी नदीमा डुंगा पल्टिँदा १ बेपत्ता, ३ को उद्धार

नवलपरासी । नारायणी नदीमा बुधबार बेलुका डुंगा पल्टदा तिन जनाको उद्धार भएको छ भने एक जना हराईरहेकाछन् ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार डुंगा पल्टेर वेपत्ता हुनेमा मध्यविन्दु २ निवासी १४ वर्षीया कन्चना महतो रहेकी छन् ।

डुंगामा सवार अन्य तिन जनालाई स्थानीयले सकुशल उद्धार गरेका थिए ।चार जना सवार काठको डुंगा स्थानीय नन्दपुर घाट नजिक नारायणी नदी पार गर्ने क्रममा अचानक पल्टिएको थियो ।प्रहरीले बेपत्ता किशोरीको नदी क्षेत्रमा खोजी कार्यलाई तिव्रता दिदै घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।