डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका २ खुल्लेकको पुरानी बगर नजिकै पल्टिएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परि डोटी २ खुल्लेकका ३३ वर्षीय कैलाश बोगटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दिलीप सिंह देउवाले बताउनु भयो । दिपायल बाट खाद्यान्न लगेर खुल्लेक वडा नं २ बाट फर्कने क्रममा दिपायल आउँदै गरेको से २ त ३५४५ को ट्याक्टर बुधबार राति ९ बजे दुर्घटनामा परेको हो ।