कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री

कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री

भारत, गुजरातका मुख्यमन्त्री विजय रुपाणीको कोरोना भाइरस परीक्षण गरिएको छ । गुजरात सरकारका अनुसार मुख्यमन्त्री रुपाणीको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनले होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।

अब मुख्यमन्त्रीले आफ्नै निवासबाट भिडियो कन्फ्रेन्सबाट कामकाज सम्हाल्नेछन् । मुख्यमन्त्री रुपाणी र डिप्टी सीएम नितिन पटेल र कांग्रेस विधायक इमरान खेडावालाबीच बैठक भएको थियो ।

मंगलबारमात्र इमरान खेडावालाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि मुख्यमन्त्री रुपाणीले स्वास्थ्य जाँच गराएर घरमै बस्ने निर्णय गरेका हुन् । आगामी एक हप्तासम्म मुख्यमन्त्री रुपाणीले सबै भेटघाटका कार्यक्रम समेत स्थगित गरेका छन् ।