कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति

कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विश्वका बैज्ञानिकहरु यसको खोजमा अहोरात्र खटिएका छन् ।

हालसम्म विश्वमा कोरोनाका कारण १ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् । २० लाख ८२ हजार बढी संक्रमित छन् । दैनिक ८-१० हजार नयाँ संक्रमित थपिएको अवस्था छ । यो कहालीलाग्दो अवस्थाबीच चीन सरकारले ३ वटा भ्याक्सिन परीक्षणका लागि अनुमति दिएको छ ।

चीनको समाचार संस्था सिन्ह्वानेटमा प्रकाशित समाचार अनुसार ३ वटा सम्भावित भ्याक्सिनलाई चीन सरकारले क्लिनिकल परीक्षणका लागि अनुमति दिएको हो ।

२ वटा भ्याक्सिन वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको हो भने अर्को चाइना नेशनल फर्मास्युटिकल ग्रुप र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्टले संयुक्त रूपमा विकास गरेका हुन् ।

“चीन सरकारले कोभिड–१९ का ३ सम्भावित भ्याक्सिनलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको विज्ञान र प्रविधि मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।”

चिनियाँ अनुसन्धानकरताहरुले यो भ्याक्सिनले कोरोनाको उपचारमा सफल हुने दाबी गरेका छन् ।