भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृहको निर्देशन

भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृहको निर्देशन

दार्चुला : महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसिरहेका शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्टलाई नेपाल ल्याउने वातावरण मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले भारततर्फको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टलाई निर्देशन दिइएको बताए ।

आमाको मृत्यु भएपनि नेपाल प्रवेश गर्न नपाएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरियामा रहेका छन् ।

भारतमा रोजगारीका लागि गएका भट्ट नेपाल फर्कने क्रममा लकडाउनममा परेका थिए । सीमा क्षेत्रमा उनीसहित सयौंको संख्यामा नेपालीहरु क्वारेन्टाइनमा रहेका छन् ।