सन्दीप आईपीएलमा अनुबन्ध भएपछि परिवारमा छाएको खुसी, भिडियोमा हेर्नुहोस्

सन्दीप आईपीएलमा अनुबन्ध भएपछि  परिवारमा छाएको खुसी, भिडियोमा हेर्नुहोस्

काठमाडौं– पहिलो पटक नेपाली खेलाडी इन्डियन प्रिमियर लिग ( आईपिएल ) मा अनुबन्ध भएपछि मुलुकभरी नै खुसीयाली छाएको छ । 
नेपाली  उदयमान क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक ( आईपिएल ) मा अनुबन्ध भएपछि अहिले उनको चर्चा देशभित्र मात्रै नभई विश्वभरी नै भइरहेको छ । अहिलेसम्म कुनै पनि नेपाली खेलाडी इन्डियन प्रिमियर लिग ( आईपिएल ) मा खेल्न पाएका थिएनन् । 
नेपाली खेलाडी सन्दिपलाई इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्ली डेयर डेविल्सले अनुबन्ध गरेकाले उनी आईपिएलमा खेल्न पाउने भएका हुन् । आगामी अप्रिल ७ देखी सुरु हुने आइपिएलको लागी दिल्ली डेयर डेविल्सले अनुवन्ध गरेसँगै अहिले सबैतिर सन्दिपको चर्चा भइरहेको छ । सन्दीपको यो खबर थापा पाएर उनका परिवार गौरवको महसुस गरिरहेका छन् । उनको परिवारमा अहिले खुसीको सिमा नै छैन ।
 चितवनको रत्ननगर ८ मा बस्दै आएका सन्दिपको वुवा ,आमा, भाउजु ,  भतिजी सँगै भारतमा रहेका उनका दाजु र नेपालमै रहेका उनको ३ दिदिहरु अहिले खुसी छन् ।
पढेर जागिर खाए स्टाफले मात्रै चिन्छन तर राम्रो खेलाडी वन्न सके सारा विश्वले चिन्नेछन् भनेर सन्दिपले भनेका कुरा अहिले उनका परिवारले सम्झीरहेका छन् । नेपाली उदयमान क्रिकेटर सन्दिप लामिछानेका वुवा चन्द्रनारायण लामिछानले ति दिन सम्झिदै आफुले देखेको सपना पुरा भएको बताए ।
सन्दिपले पढाईलाई भन्दा बढी लगाव क्रिकेटमा दिन्थे । त्यसो भएपनि आफुले कहिलेही पढाईका लागि दबाब नदिएको उनका बुबाले बताए ।
सुरुमा अण्डर नाईन्टिनमा सहभागीता जनाएका सन्दीपले चामत्कारीक प्रर्दशन गर्दै गए । उनले सन् २०१६ मा राष्ट्रिय टोलीमा सहभागीता जनाउने मौका पाए । नेपालमा भएको केन्या विरुद्धको खेल हेर्दा उनका वुवालाई छोराले क्रिकेटमा ठुलै छलाङ मार्छ भन्ने महसुस भएको बताए  । उनकै प्रर्दशनकै कारण आईपिएलमा दिल्ली डेयर डेविल्सले वोलकवोलमा भारु २० लाखमा खरिद गर्यो । सन्दिप अहिले अभ्यास खेलका क्रममा युएईमा छन् । सन्दिपले क्रिकेटमा पाएको सफलताले उनकी आमा कोपिलादेवी लामिछानेको खुसीको सीमै छैन् ।
क्रिकेटमा पाएको सफलतापछि सन्दीपका परिवारलाई वधाईको ओईरोनै लागेको छ । छोराका कारण अहिले नेपालभर चिनिने मौका पाउँदा उनको परिवार दंग छ ।