डाक्टर पिट्ने डीएसपीलाई जिम्मेवारीबाट हटाइयो

डाक्टर पिट्ने डीएसपीलाई जिम्मेवारीबाट हटाइयो

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट हटाइएको हो ।

उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जनाएका छन् । हिजो साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।