एप्पलको सबैभन्दा सस्तो आइफोन सार्वजनिक हेर्नुहोस् मुल्य कति ?

एप्पलको सबैभन्दा सस्तो आइफोन सार्वजनिक हेर्नुहोस् मुल्य कति ?

एप्पल कम्पनीले अहिलेसम्मकै सस्तो आइफोन सार्वजनिक गरेको छ। लामो समयदेखि चर्चामा रहेकाे आइफोन– एसई बुधबार सार्वजनिक गरेको हो।

कम्पनीले पहिलोपटक सस्तो फोन सार्वजनिक गरेको जनाएको छ। तर, सन् २०१६ मा पनि करिब यसै मूल्य (४ सय २९ डलर) बराबरको  आइफोन– ८ सार्वजनिक गरेको थियो।

कोरोना भाइरसका कारण ढिलाे सार्वजनिक गरेको एसईको मूल्य तीन सय ९९ सय डलर (करिब ४९ हजार नेपाली रुपैयाँ) रहेको छ । 

एसईमा ४.७ इन्चको डिस्प्ले रहेको छ भने यो मोबाइल फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर अनलक रहेको जनाइएको छ । फोनमा १२ मेगापिक्सलको मुख्य क्यामरा र सेल्फी क्यामेरा ७ मेगापिक्सलको रहेको छ ।

६४, १२८ र २५६ जिबी भेरियन्टमा रहेको मोबाइल सेतो, कालो र रातो कलरमा अहिले सार्वजनिक भएको छ। भोलिबाट मोबाइलको प्रि–अर्डर खुला हुने भएको छ । 

अहिलेसम्मकै सस्तो आइफोन नेपाली बजारमा पनि ५० हजारभन्दा कम मूल्यमै पाइन सक्ने अनुमान गरिएको छ।