अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?

अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?

सरकारले अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था गरेको छ । अब खाद्यान्न, बिरामी ओसारपसार, शववहान र अति आवश्यक परेको खण्डमा अनलाइनबाटै फाराम भरेर सवारी पास लिन सकिने भएको हो । जिल्ला प्रशासन कार्यालयले आवश्यकतालाई ध्यानमा राखि ई-पास वितरण गर्नेछ । 

ई-पास प्रणालीको उद्घाटन सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले गरेका हुन् । यो सेवा मंगलबारदेखि मात्रै प्रयोग गर्न सकिने छ ।

ई-पास सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा अति आवश्यक परेकालाई मात्रै दिन थापाले प्रमुख जिल्ला अधिकारीलाई निर्दैशन दिएका छन् । पास लिनको लागि epass.moha.gov.np मा जानुपर्ने हुन्छ । 

ई - पास कसरी लिने ?
तपाईँले लकडाउनका बेलामा इमर्जेन्सी सवारी साधन चलाउनुपर्ने भएमा मोबाइलमार्फत १११२मा म्यासेज गर्नुपर्छ। यो म्यासेज गर्नेवित्तिकै भउबकक।mयजब।नयख।लउ लिंक आउँछ। त्यो पेजमा आफूले सवारी साधन चलाउनुपर्ने कारण उल्लेख गर्नुपर्छ । पत्रकार भएमा प्रेसपास, खाद्यान्न, खानेपानी, ग्यास भए कम्पनीको विवरण हालेर सबमिट गर्नुपर्छ।

त्यसपछि कुन जिल्लाका लागि आवश्यक हो त्यो पनि हाल्न सकिने  अप्सन छ। त्यो वाहेक चितवनबाट काठमाडौं आउने भएमा त्यो क्षेत्र उल्लेख गर्नुपर्छ। त्यो सवमिट भएपछि सिडिओ कार्यालयले हेरेर एसेप्ट वा रिजेक्ट गर्छ। सिडिओ कार्यालयले रिजेक्ट गरेको जानकारी पनि मोबाइलमा दिन्छ। एसेप्ट गरेमा ६ अंकको नम्बर आउनेछ।

प्रहरीले अब त्यहि ६ अंकको आधारमा सबारी चल्न दिनेछ । त्यो नम्बरलाई प्रहरीले आफ्नो मोबाइलमा राखेर हेर्छन । मोबाइलमा राख्ने वित्तिकै गाडीको सबै डिटेल आउने गरि सिस्टम बनाएको छ । यो सिस्टम जेनेक्स प्रालिले बनाएर सरकारलाई उपलब्ध गराएको हो ।