धनगढीमा डेरा गरी बस्ने ४ सय ३१ जना विद्यार्थीलाई अनेरास्वीयू कैलालीद्धारा राहत वितरण

धनगढीमा डेरा गरी बस्ने ४ सय ३१ जना विद्यार्थीलाई अनेरास्वीयू कैलालीद्धारा राहत वितरण

धनगढी : धनगढीमा डेरा गरी बस्ने ४ सय ३१ जना विद्यार्थीलाई अनेरास्ववीयु कैलालीले राहत वितरण गरेको छ। बिभिन्न जिल्लाबाट आई धनगढीमा डेरा गरी अध्ययन गर्ने विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको हो ।

देश लकडाउनमा रहेका बेला डेरा गरि बसेका विद्यार्थीहरु दैनिक छाक टार्न समस्या भए पछि सो अभियान सञ्चालन गरेको अनेरास्ववीयु कैलालीका संयोजक कुमार बडैलाले  बताए ।

लक डाउनका कारण कारण समस्यामा परेका ४ सय ३१ जनालाई पाँच किलो चामल, एक किलो दाल, एक पोका नून, एक पोका तेलका दरले राहत वितरण गरिएको छ ।

धनगढी  उपमहानगरपालिका  वडा नम्बर १ देखि १२ वडा भित्रका  बिद्यार्थीहरुको समस्याहरूलाई संकलन गरी राहत उपलब्ध गराएको अनेरास्वविय कैलाली जिल्लाका सह संयोजक समीर जोशीले जानकारी दिए ।