बैक अफ काठमाडौद्धारा सुदूरपश्चिम सरकारको कोरोना नियन्त्रण कोषमा पाँच लाख जम्मा

बैक अफ काठमाडौद्धारा सुदूरपश्चिम सरकारको कोरोना नियन्त्रण कोषमा पाँच लाख जम्मा

धनगढी : बैक अफ काठमाडौ लिमिटेडले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ जम्मा गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकमको चेक बिहिबार हस्तान्तरण गरिएको छ ।

सो चेक बैकका सुदुरपश्चिम प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीले मुख्यमन्त्री भट्टलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सो बैंकका धनगढी शाखा प्रमुख सन्देश जोशी र कर्जा अधिकृत टेकराज जोशीको उपस्थिति थियो ।

प्रदेश सरकारले आफैले ४० करोड जम्मा गरेर सो कोष स्थापना गरेको थियो । सो कोषमा हालसम्म एक करोड ३० लाख रुपैयाँ बैक लगायतका संस्थाहरुबाट जम्मा भएको जनाइएको छ ।