कञ्चनपुरको सामुदायिक वनभित्रबाट भरुवा बन्दुक सहित एकजना पक्राउ

कञ्चनपुरको सामुदायिक वनभित्रबाट भरुवा बन्दुक सहित एकजना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय १ व्यक्तिलाई बिहीवार पक्राउ गरेको छ ।

सामुदायिक वनमा शंकास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका–११ कालिका टोलका मोहनबहादुर साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

बन्दुकसहित पक्राउ परेका साउँदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धानको कार्य भइरहेको छ ।

यस्तै, ईलाका प्रहरी कार्यालय गुलरियाको गस्ती टोलीले बिहीवार लालझाडी गाउँपालिका–४ देखतभुलीको ग्राभेल सडकमा बेवारिसे अवस्थामा रहेको एक हल गोरु र गोरु गाडामा राखेको सालको गोलिया एक थान र एक थान आरा फेला पारेको छ ।