सांसद रानाद्धारा सेती अस्पताल र धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सांसद रानाद्धारा सेती अस्पताल र धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

धनगढी : प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कैलाली–५ बाट निर्वाचित रानाले धनगढीको सेती प्रादेशिक अस्पताल र धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

उनले सहयोग गरेका स्वास्थ्य सामग्री नेकपा कैलालीका नेता पुस्कल कर्माचार्य र अनेरास्ववियूका नेता कुमार बडैलाले सेती प्रादेशिक अस्पताल र धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरे । रानाले सेती प्रादेशिक अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १९ थान, सर्जिकल ग्लोब्स दुई सय ४३, सर्जिकल मास्क नौं सय, एन–९५ मास्क ६ सहयोग गरेका छन् ।

त्यस्तै, धनगढी उपमहानगरपालिकालाई (पीपीई) ५ थान, सर्जिकल ग्लोब्स र सर्जिकल मास्क ९÷९ थान सहयोग गरेका छन् । रानाले कैलालीमा कोरोनाको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सामग्री सहयोग गरेको बताए । उनले कैलालीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विशेष पहल गर्नुपर्ने र त्यसका लागि आफुले पहल गरिरहेको बताए ।

‘नेपालमा कोरोना देखिएकामध्ये पाँचजना धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् । कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न समेत स्वास्थ्य सामग्री सहयोग गरेको छु’, रानाले थपे ।