अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार १५९ जनाको मृत्यु

अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार १५९ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् । १३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ८५ हजार ७० जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।