कोरोनाबाट २४ घण्टामा कुन देशमा कति संक्रमित ? कतिको मृत्यु ?

कोरोनाबाट २४ घण्टामा कुन देशमा कति संक्रमित ? कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ७३ नयाँ संक्रमित थपिएका छन् । बिहीबार मात्रै कोरोनाबाट ६ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा २९ हजार ५३ नयाँ संक्रमित भेटिएका छन् भने २ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा ४ हजार २ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय ३ जनाको मृत्यु भएको छ।

इटालीमा बिहीबार मात्रै ३ हजार ७ सय ८६ जना संक्रमित भेटिएका छन् भने ५ सय २५ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा १७ हजार १ सय ६४ जना संक्रमित थपिएका छन् भने ७ सय ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा जर्मनीमा २ हजार ९ सय ४५ जना संक्रमित थपिदा २ सय ४८ जनाको मृत्यु भएको छ । बेलायतमा ४ हजार ६ सय १६ जना नयाँ संक्रमित भेटिएका छन् भने ८ सय ६१ जनाको मृत्यु भएको छ ।

इरानमा बिहीबार मात्रै १ हजार ६ सय ६ जना संक्रमित फेला परेका छन् भने ९२ जनाको मृत्यु भएको छ । यस्तै टर्कीमा ४ हजार ८ सय १ जना संक्रमित थपिएका छन् भने १ सय २५ जनाको मृत्यु भएको छ ।

बेल्जियममा १ हजार २ सय ३६ संक्रमित थपिदा ४ सय १७ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ हजार ७३ संक्रमित फेला पर्दा १ सय ९० जनाको मृत्यु भएको छ।

२ सय १० देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म करिब २१ लाख ८० हजार संक्रमित भएका छन् भने १ लाख ४५ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।