कोरोना भाइरसले फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाकाे मृत्यु

कोरोना भाइरसले फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाकाे मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए ।

एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ । एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् । ६ हजार २४८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १४ हजार २९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।